PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

ओलीले जितमा बनाए रेकर्ड : तर अर्को एउटा रेकर्ड बनाउन भने चुके



पहिलोपोस्ट

ओलीले जितमा बनाए रेकर्ड : तर अर्को एउटा रेकर्ड बनाउन भने चुके

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्।

योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्। 

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात् २८ हजार ८४२ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले २८ हजार २९७ मत पाए। 

सार्वधिक मत ल्याएर विजयी बनेपनि मतान्तरको रेकर्ड बनाउन भने ओली चुके । यो रेकर्ड भने दोलखाबाट विजयी भएका एमालेकै पार्वत गुरुङले कायम गरेका छन्। पार्वतले ३० हजार ६४४ मतान्तरसहित जित हासिल गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell