PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

दुई नम्बरमा एमालेले खाेल्याे खाता



पहिलोपोस्ट

दुई नम्बरमा एमालेले खाेल्याे खाता

काठमाडौं : दुई नम्बर प्रदेशमा एमालेले पहिलो जित हात पारेको छ । सिरहा क्षेत्र नम्बर तीनबाट एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवलाई पराजित गर्दै विजयी बनेका हुन्। श्रेष्ठले २३ हजार दुई सय ७२ मत ल्याए भने यादवले २१ हजार दुई सय २० मत ल्याए।

पहाडी मतदातासमेत रहेको उक्त क्षेत्रमा वाम गठबन्धनबाट श्रेष्ठ विजयी भएका हुन्। यसअघि वाम गठबन्धनबाट रौतहट क्षेत्र नम्बर तीनबाट प्रभु साह विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell