काठमाडौं: दुई वर्षअघि विवाह बन्धनमा बाँधिएकी अभिनेत्री रीमा विश्वकर्माको सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएको छ। उनले लण्डन बस्दै आएका रोवर्ट विकसँग प्रेम विवाह गरेकी थिइन्। रोवर्ट लण्डनमै रहेपनि रीमा करियरलाई निरन्तरता दिनका लागि नेपाल बस्दै आएकी छिन्।
डिभोर्सको आधिकारिक खबर रीमाले दिएकी भने होइनन्। तर रोवर्ट विक र मोडल वर्षा रसाईलीको इन्गेजमेन्टको फोटोसहित खबर सार्वजनिक भएपछि रीमाले उक्त विषयमा केही बोलेकी छिन्। रोवर्ट मोरङकी वर्षा रसाइलीसँग टिका टालो गरेर लण्डन फर्किएसँगै मिडियामा गसिप छाउन थाल्यो।
लगत्तै गसिप सही साबित गरिन् रीमा स्वयंमले। उनले आफ्नो फेसबुकमार्फत सम्बन्ध विच्छेदको बारेमा केही बोल्न नचाहने जनाइन्। लेखेकी छिन्,' यो असहज परिस्थितिमा म याँहाहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु। यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ।'
