PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कांग्रेस वरिष्ठ नेता पौडेललाई लाग्यो ब्रेक, एमाले नेता कृष्णकुमार श्रेष्ठसँग पराजित



पहिलोपोस्ट

कांग्रेस वरिष्ठ नेता पौडेललाई लाग्यो ब्रेक, एमाले नेता कृष्णकुमार श्रेष्ठसँग पराजित

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका छन्। 

२०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतान्तरले पराजित गरेका हुन्। 

किसान ३४ हजार ४९२ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। पौडेलले २७ हजार ६९० मत पाएका छन्।

२०६४ सालको निर्वाचनमा देशभर माओवादीको लहर आउँदा पनि २०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन तनहुँबाट जितेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संसद यात्रा यस पटक भने ब्रेक लागेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell