PahiloPost

May 14, 2024 | १ जेठ २०८१

मधेशी दलका सबै शीर्ष नेताको जित सुनिश्चित



बीपी साह

मधेशी दलका सबै शीर्ष नेताको जित सुनिश्चित

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेतृत्वको जित सुनिश्चित भएको छ।

फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी दुईबाट विजयी भइसकेका छन् भने राजपाका दोस्रो शक्तिशाली नेता राजेन्द्र महतो पनि धनुषा तीनबाट विजयी भएका छन्। राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि रौतहट एकबाट निर्वाचित भइसकेका छन्।

फोरमका महासचिव रामसहाय प्रसाद यादव बारा दुईबाट विजयी भएका छन्। फोरम नेता मोहम्मद इस्तियाक राई बाँके दुईबाट र डा सूर्यनारायण यादव सप्तरी एकबाट निर्वाचित भइसकेका छन्।

फोरमका केन्द्रीय सदस्य प्रदीप यादव पनि पर्साबाट जित नजिक छन्।

फोरमका कोषाध्यक्ष विजय यादव पनि सिरहा दुईको क बाट प्रदेश सभामा विजयी भएका छन्। अन्य तीन जना नेता पनि प्रदेश सभामा विजयी भएका छन्।

यस्तै धनुषा चारमा महाजन यादव र धनुषा दुईमा उमाशंकर अरगरिया पनि अगाडि रहेका छन्।

यता राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेतृत्व पनि विजयोन्मुख छ। राजपा अध्यक्ष मण्डलका छ वटै सदस्य विजय नजिक छन्।
राजपा संयोजक महन्थ ठाकुर करिब दश हजार मतान्तरले अगाडि देखिएका छन् भने महेन्द्र यादव र सरत् सिंह भण्डारी पनि करिब पाँच हजार मतान्तरले अगाडि छन्। राजकिशोर यादव पनि करिब दुई हजार मतले अगाडि छन्। 

अध्यक्ष मण्डलका दुई जना सदस्य महतो र अनिल झा निर्वाचित भइसकेका छन्।

यसैगरी राजपाका वरिष्ठ नेता लक्ष्मण लाल कर्ण पनि अगाडि रहेका छन् भने सचिव रेशम चौधरी पनि कैलालीबाट जित नजिक पुगेका छन्। अर्का सचिव राकेश मिश्र पनि सर्लाही चारमा अगाडि रहेका छन् भने सर्लाही एकमा प्रमोद साह बारा चारमा एकवाल मिया पनि अगाडि रहेका छन्।

प्रदेश सभामा उठेका राजपाका शीर्ष नेतृत्व पनि अगाडि देखिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell