PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

'सिक्रेट सूपरस्टार' जायरा वसिममाथि शारीरिक दुर्व्यवहार



पहिलोपोस्ट

'सिक्रेट सूपरस्टार' जायरा वसिममाथि शारीरिक दुर्व्यवहार

दंगल गर्ल जायरा वसिमको समर्थन र विरोधमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भैरहेका छन्। उनले इन्स्टाग्राम लाइभामार्फत आफूमाथि भएको दुर्व्यवहार बारे बोलेपछि बलिउड मिडियामा थुप्रै गसिपहरु बन्दै छन्। सामाजिक सञ्जालमा पनि कतिले 'आइ एम विद जायरा' भनेर ट्रेन्ड चलाएका छन् भने कतिले उनीमाथि पब्लिसिटी स्टन्टको आरोप लगाएका छन्। 



दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा एक अधवैंशे मान्छेले आफूलाई शारीरिक दुर्व्यवहार गरेको जायराले जनाएकी छिन्। विस्तारा एयरलाइन्सको फ्लाइटमा उनको पछाडी बस्ने मान्छेले आफूलाई शारीरिक दुर्व्यवहार गरेसँगै आफूले क्रुमा कम्प्लेन गरेको तर क्रुले आफूलाई कुनै किसिमको सहयोग नगरेको उनको दाबी छ।

एयरलाइन्सले पनि आफ्नो तर्फबाट स्पष्टिकरण भने दिसकेको छ। विज्ञप्तीमा लेखिएको छ: हामीले जायरा वसिम जीमाथि भएको दुर्व्यवहार बारे अनुसन्धान गर्दै छौं। घटनाप्रति एयरलाइन्स खेद प्रकट गर्छ र यस्तो हर्कत सह्य हुँदैन। घटनालाई लिएर जायरा जी पुलिसकोमा जानु हुन्छ भने पनि हामी उहाँको पक्षमा हुनेछौं।'

घटना बारे बुझ्नका लागि पुलिस जायरा बसेको होटलमा समेत पुगेको इन्डियन एक्सप्रेसले जनाएको छ। जायराले आफूमाथि दुर्व्यवहार गर्ने मान्छेको खुट्टाको फोटो समेत पोस्ट गरेकी छिन्। भिडियोमा भनेकी छिन्,'बत्ति मधुरो भएको कारण मैले भिडियो रेकर्ड गर्न सकिंन।' 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell