PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

तनहुँ २ को क मा पुनः मतदान नहुने, माओवादीकी आशा कोइराला निर्वाचित



पहिलोपोस्ट

तनहुँ २ को क मा पुनः मतदान नहुने, माओवादीकी आशा कोइराला निर्वाचित

काठमाडौं :   तनहुँ क्षेत्र नम्बर दुईको प्रदेशसभा क का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेकोमा निर्वाचन आयोगले उनको माग अस्विकार गरेको छ।

पौडेलले विभिन्न केन्द्रमा गरी ४२ मत फर्जी भेटिएकाले पुनः मतदान गर्नुपर्ने माग राख्दै उजुरी दिएका थिए।निर्वाचन अधिकृत गोविन्द गिरीले जनजग कुमारी मतदानस्थलका केन्द्रको मतपेटिकामा रुजु गर्दा कुनै फर्जी मत नभेटिएको बताए।

निर्वाचन अधिकृत गिरीले भने, ‘जनजग कुमारी मतदान स्थलको क ख र ग मतदान केन्द्रका तीन वटा मतपेटिकामा तथ्याङ्क सही छ। क मतदान केन्द्र र ग को मा नाम उल्लेख गर्न छुटेर क को ग मा परेको र ग को क मा परेकोमात्र हो। कुनै फर्जी मत भेटिएन।’

योसँगै माओवादी केन्द्रकी आशा कोइरालाले १६ हजार ६ सय ४६ मत पाएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell