PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

पर्वतमा वाम गठबन्धनको एकलाैटी जित, प्रतिनिधसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित



पहिलोपोस्ट

पर्वतमा वाम गठबन्धनको एकलाैटी जित, प्रतिनिधसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा वाम गठबन्धनका पदम गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

नेकपा एमालेका गिरीले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतले अन्तरले पराजित गरे। 

एमालेका गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा कांग्रेसका अर्जुन जोशीले २६ हजार ८१९ मत प्राप्त गरे।

यसैगरी प्रदेश क र ख मा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।

प्रदेश सभा क मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी २१ हजार ५०८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज गुरुङले १६ हजार ६८५ मत पाए।

यस्तै प्रदेश ख मा एमालेका विकास लम्साल १५ हजार ४३४ मत ल्याए विजयी हुँदा नेपाली कांग्रेसका राजेन्द्र प्रसाद तिवारीले १३ हजार ३५२ मत ल्याए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell