PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'रेस ३'मा सलमान खानको बुवा बन्दै अनिल कपूर



पहिलोपोस्ट

'रेस ३'मा सलमान खानको बुवा बन्दै अनिल कपूर

सन् २००८ मा सार्वजनिक फिल्म 'रेस' र २०१६ मा सार्वजनिक 'रेस २' दुबैमा अभिनय रहेको थियो अनिल कपूरको। तर 'रेस ३'को स्टार कास्ट सार्वजनिक हुँदा अनिल कपूर फ्यान खुशी भएनन्। किनकी फिल्ममा रहने कलाकारको सूचीमा अनिल कपूरको नाम थिएन। बलिउडमा सफल एक्शन थ्रिलर फिल्मको तेस्रो संस्करण घोषणा हुँदा सलमान खानको शीर्ष भूमिका रहने बताइयो।

यसै बिच फिल्ममा अनिल कपूर पनि रहने बारे सलमान खानले ट्विट लेखे।

फिल्म युनिटले अनिल सलमानको बुवाको रुपमा देखिने हिन्ट दिएको बलिड हंगामामा जनाइएको छ। यथार्थमा भने सलमान र अनिल कपूरको उमेरमा ९ वर्षको मात्र फरक छ। उक्त भूमिकाको लागि अमिताभ बच्चनले स्विकार नगरेपछि अनिलले फिल्म गर्ने भएका हुन्।

रेमो डिसुजाले निर्देशन गर्ने रेस ३ मा अन्य कलाकार ज्याकलिन फर्नाडेज, डेजी शाह, साकिब सलिम लगायतको अभिनय रहनेछ। फिल्मको रिलिज टार्गेट सन् २०१८ को इदमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell