PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अब्दुल रज्जाकसँग छविलालको बदला, रुपन्देही १ मा तोडियो कांग्रेसको किल्ला



पहिलोपोस्ट

अब्दुल रज्जाकसँग छविलालको बदला, रुपन्देही १ मा तोडियो कांग्रेसको किल्ला

लक्ष्मण न्यौपाने

रुपन्देही :
रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्।

दोस्रो संविधान सभामा कांग्रेसमा अब्दुल रज्जाकसँग पराजित भएका छविललाले प्रतिनिधि सभा निर्वाचनमा बदाला लिदै निर्वाचित भएका हुन्।

वाम गठबन्धनबाट उम्मेदवार बनेका छविलाले ७ हजार ८८६ मत अन्तरले जित हात पारेका हुन्।

छविलाले ३४ हजार ७५२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाकले २६ हजार ८८५ मत प्राप्त गरे।

२०४८ यता कांग्रेसको म्खय प्रतिस्पर्धी रहेपनि एमालेले अहिलेसम्म यस क्षेत्रमा जित हात पारेको थिएन। कांग्रेसको प्रभुत्व तोड्दै एमालेले पहिलो पटक रुपन्देही १ मा जित दर्ता गरेको हो।

२०४८ साल देखि रुपन्देही क्षेत्र नं १ मा नेपाली कांग्रेसले एकछत्र राज गरेको थियो। ४८, ५१ र ५६ मा नेपाली कांग्रेसका दुर्योधनसिंह थारु संसद पदमा निर्वाचित भएका थिए। त्यति बेला निकटतम् प्रतिस्पर्धी नेकपा एमाले नै थियो। तर २०६४ सालको पहिलो संविधान सभामा भने माहोल फरक रह्यो। प्रतिनिधि सभा निर्वाचनमा अहिले पराजित भएका रज्जाक नेकपा माओवादीका घनश्याम यादवसँग हारेका थिए।

दोस्रो संविधान सभाको निर्वाचनमा भने नेपाली कांग्रेसले फेरी लयमा फर्कियो र अब्दुल रज्जाकले एमालेका छविलाल विश्वकर्मालाई सामन्य मत अन्तरले पराजित गरेका थिए।

चुरे पहाड देखि दक्षिणमा भारतीय सिमाना सम्म फैलिएको यस क्षेत्रमा पहाडी थारु र मधेसी समुदायको मिश्रित बसोबास रहेको छ। अव्यवस्थित, सुकुम्बासी र भूमिहीन किसानहरुको बाक्लो बसोवास रहेको यस क्षेत्रमा विगतका निर्वाचन देखि यस निर्वाचनसम्म पनि मुख्य एजेण्डाका रुपमा पूर्जा वितरण नै रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell