PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डको क्षेत्रमा मतगणना किन ढिलाई ? यसो भन्छन् निर्वाचन अधिकृत



पहिलोपोस्ट

प्रचण्डको क्षेत्रमा मतगणना किन ढिलाई ? यसो भन्छन् निर्वाचन अधिकृत

काठमाडौं : अधिकांश प्रतिनिधिसभा सदस्यको मतपरिणाम सार्वजनिक भइसकेको बेला चितवन क्षेत्र नम्बर ३ मा भने मतगणना निकै ढिला भइरहेको छ।

एकलाख २५ हजार ८२३ मतदाता रहेको यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा रहेकाले पनि सबैको चासोको क्षेत्र रहेको छ।

यस क्षेत्रमा अहिलेसम्म ४३ हजार ६७० मत गनिसकेको र ५० हजार मत गन्न अझै बाँकी रहेको निर्वाचन अधिकृत शम्भुराज रेग्मीले पहिलोपोस्टलाई जानकारी दिए।

किन ढिला भइरहेको छ त मतगणनामा ढिलाई? निर्वाचन अधिकृत रेग्मी भन्छन्, ’सुरुबाटै यस क्षेत्रका दुबै प्रदेशमा एउटा–एउटा टोलीले मात्र मतगणना गरिरहेको थियो। त्यसैले अलि ढिला आइरहेको हो। आजबाट दुबै प्रदेशमा  तीन तीनवटा टोलीले गणना थालिसकेको छ। भोलि बेलुकासम्ममा मतपरिणाम आउछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell