PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चितवन क्षेत्र नं १ र २ का चारै प्रदेशमा वाम गठबन्धनको एकलौटी जित



राजेन्द्र आचार्य

चितवन क्षेत्र नं १ र २ का चारै प्रदेशमा वाम गठबन्धनको एकलौटी जित

चितवन :  चितवन क्षेत्र नम्बर एक र दुईका प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट वाम गठबन्धनका दावा दोर्जे लामा ७ हजार २९ मतान्तरल विजयी भएका छन्। नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै लामा विजयी भएका हुन्।

 नेकपा एमालेका लामाले २३ हजार २३ मत ल्याउँदा गुरुङले १५ हजार नौ सय ९४ मत पाएका छन्। त्यसैगरी, प्रदेश सभा ख बाट वाम गठबन्धनका कृष्णप्रसाद खनालले नेपाली कांग्रेसका उत्तम आचार्यलाई ८ हजार सात सय २१ मतअन्तरले हराएका छन्।

नेकपा एमालेका खनालले २७ हजार दुई सय ३२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी आचार्यले १८ हजार पाँच सय ११ मत ल्याएका छन्।

 त्यस्तै, क्षेत्र नम्बर दुईको प्रदेश सभा क बाट वाम गठबन्धनका घनश्याम दाहालले नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई चार हजार सात सय १८ मतान्तरले हराएका छन्। नेकपा माओवादी केन्द्रका दाहालले २० हजार तीन सय ८१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ६ सय ६३ मत पाएका छन्। 

प्रदेश सभा ख बाट वाम गठबन्धनकै विजय सुवेदीले नेपाली कांग्रेसका प्रकाश अधिकारीलाई ८ हजार नौ सय दुई मतको अन्तरले पराजित गरेका छन्। नेकपा एमालेका सुवेदीले २१ हजार पाँच सय ७२ मत ल्याउँदा कांग्रेसका अधिकारीले १२ हजार ६ सय ७० मत ल्याएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell