PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एन्फाको चुनाव सार्न फिफाको अनुमति, अब चैत १४ गते निर्वाचन हुने



पहिलोपोस्ट

एन्फाको चुनाव सार्न फिफाको अनुमति, अब चैत १४ गते निर्वाचन हुने

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले चुनाव सार्ने आग्रलाई अनुमति दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव अब चैतमा हुने पक्का भएको छ।

यसअघि माघ ११ का लागि एन्फाको चुनाव तय भएको थियो। तर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण चुनाव त्यस समयमा गर्न नसकिने भन्दै एन्फाले तोकिएको समयमा चुनाव गर्न नसकिने भन्दै एएफसी र फिफालाई पत्र लेखेको थियो। त्यसपछि फिफाले पनि एन्फालाई पत्र लेखेको थियो।

एन्फाको कार्यकारी समितिको आइतबार बसेको बैठकले फिफाले चुनाव सार्ने अनुमति दिएको र अब चैत १४ गते एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनसहित साधारण सभा हुने निर्णय गरेको हो।

यस्तै जिल्ला फुटबल संघहरुको निर्वाचन आगामी २०७४ पुस ५ गते देखि माघ ५ गते सम्म गर्ने उक्त बैठकले निर्णय गरेको छ।

बैठकले जिल्ला फुटबल संघहरुको निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन निर्देशिका तयार गरी पारित समेत गरेको छ। साथै संघअन्तर्गत रहेका विभिन्न सदस्य समितिहरु जस्तै फुटबल खेलाडी संघ, फुटबल प्रशिक्षक संघ, फुटबल निर्णायक संघ र महिला संघहरुको पनि चाडै नै निर्वाचन निर्देशिका तयार गरी निर्वाचन समेत गराउने निर्णय गरीएको एन्फाले जनाएको छ।

यस्तै बैठकले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत सन् २०१६–२०१८ को समयमा विभिन्न ६ वटा प्रोजेक्टहरु एन्फाले सञ्चालन गर्ने निर्णय गरेको छ।

जसअन्तर्गत ६ प्रोजेक्टहरु यस प्रकार छन्।

१) लिग संचानल (ए, बी र सी डिभिजनका लिग संचालन तथा आयोजना गर्ने)

२) ३ वटा टेक्नीकल सेन्टरहरुको स्तरोन्नती तथा साधारण मर्मत सम्भार तथा संचालन गर्ने

३) संघअन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्ने

४) संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्न खेल सामग्रीहरु सहयोग गर्ने

५) एन्फामा सुबिधा सम्पन्न आधुनिक फिजियोथेरापिको समान जडान तथा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने

६) एन्फा कम्प्लेक्स, कार्यालय भवन, सुबिधा सम्पन्न अडोटरीयम हल निर्माण, एन्फा होष्टल तथा ३ वटा एन्फा  टेक्निकल सेन्टरमा मर्मत सम्भार तथा रंगरोगन गर्ने

यसैगरी मध्य तथा सुदुर पश्चिमाञ्चलमाको फुटबल खेल विकास गर्न त्यस क्षेत्रको ७ विभिन्न जिल्लाहरुमा विशेष ग्रहायता प्रदान गरी ग्रासरुट तथा विशेष प्याकेजको सम्भाव्यताको अध्ययन गरी कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell