PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हमासले निर्माण गरेको सुरुङमार्ग ध्वस्त बनाएको इजरायली सेनाको दाबी



पहिलोपोस्ट

हमासले निर्माण गरेको सुरुङमार्ग ध्वस्त बनाएको इजरायली सेनाको दाबी
फोटो श्रोतः .jpost.com

जेरुसेलम :  इजरायली रक्षा बल (आइडिएफं) ले हमास समूहद्वारा मध्य गाजा क्षेत्रबाट इजरायल पुग्ने गरी निर्माण गरिएको सुरुङमार्गलाई ध्वस्त गरेको जनाएको छ। 

आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले  निकै लामो रहेको सुरुङ पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको बताए। 

सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई ‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ। 

दक्षिण इजरायलको सीमानासँग नजिक रहेको गाजा क्षेत्रमा हमास लडाकू समूहको नियन्त्रण छ। हमासले इजरायलको अस्तित्लाई नै स्वीकार गर्दैन । हमास र इजरायल पटक पटक युद्ध लडेका थिए र पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो। 

सन् २०१४ मा एक सुरुङ पत्ता लागेपछि सुरु भएको युद्धपछि इजरायलले यस्ता सुरुङको पत्ता लगाउने नयाँ अत्याधुनिक प्रविधिको विकास गरेको दाबी गरेको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell