PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि : नेपाल र थाइल्याण्ड भिड्दै



पहिलोपोस्ट

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि : नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं : एसीसी यू(१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि थाइल्याण्डमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा भोलि नै आयोजक थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डसँगै समूह ए मा हङकङ र म्यानमार पनि छ। 

नेपालले मंगलबार हङकङ तथा बिहीबार म्यानमारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। 

८ टोली सम्मेलित प्रतियोगिताको यस्तै समूहमा बी मा मलेसिया, चीन, भुटान र सिंगापुर छन्।नेपाली टोलीको कप्तानी रित गौतमले गर्दैछन् भने विशालविक्रम केसी उपकप्तान छन्।

रित गौतम कप्तानी
विशालविक्रम केसी (उपकप्तान)
तृतराज दास
कुशल मल्ल 
राजन मगर
सुवास (सुबोध) ऐर
अमित कुमार यादव
सुनील भण्डारी
नारायण जोशी
निखिल कुमार सिंह
सूर्य तामाङ
अजय कुमार लुनिया
प्रतिष जीसी
मेख बहादुर सेन थापा
विवेक कुमार यादव (वैकल्पिक खेलाडी)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell