PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रिमियर लिग जिरुडले आर्सनललाई हारबाट जोगाए



पहिलोपोस्ट

प्रिमियर लिग जिरुडले आर्सनललाई हारबाट जोगाए

खेल सकिन २ मिनेट अघि ओलिभर जिरुडले गोल गरेपछि आर्सनल प्रिमियर लिगमा हारबाट जोगिएको छ। ८८औँ मिनेटमा जिरुडले गरेको गोल मद्दतमा आर्सनलले साउथह्याम्पटनसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। 

जिरुडले सान्चेजको पासमा हेडमार्फत गोल गरेका हुन्। खेलको तेस्रो मिनेटमै चारल् अस्टिनले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए।

तर अन्तिम समयमा सम्हालिन नसक्दा साउथह्याम्पटनले घरेलु मैदानमा अंक बाँड्नुपरेको हो। बराबरीपछि १६ खेलबाट २९ अंक जोडेको आर्सनल पाँचौ स्थानमा उक्लेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell