PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

रुपन्देहीमा प्रतिनिधिसभातर्फ ३ स्थानमा एमाले, २ मा कांग्रेस विजयी



चन्द्रकान्त खनाल

रुपन्देहीमा प्रतिनिधिसभातर्फ ३ स्थानमा एमाले, २ मा कांग्रेस विजयी

बुटवल :  रुपन्देही  जिल्लामा  प्रतिनिधिसभा सदस्यमा तीन स्थानमा वाम गठबन्धन र दुई स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेकाे छ।

रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा ३४ हजार ७ सय ७५ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी  नेपाली कांग्रेस अब्दुल रज्जाकले २६ हजार ८ सय ८५  मत ल्याए। उनी बहालवाला राज्यमन्त्रीसमेत हुन्।  

प्रदेशसभातर्फ प्रदेश (क) मा गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपाने विजयी भएका छन्। ख मा माओवादीका माधव शर्मा न्यौपानेले जित हासिल गरेका छन्। 

त्यस्तै क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव  विष्णु  पौडेल ४४ हजार नौ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता  युवराज गिरीले २१ हजार ९४६ मत प्राप्त गरेका छन्। पौडेलको यस क्षेत्रबाट यो तेस्रो जित हो।

प्रदेशसभा (क) मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा(ख) मा पनि वाम गठबन्धनकातर्फबाट एमालेका भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी  विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले २९ हजार ६०१ र उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनकातर्फबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गरेका छन्।

प्रदेश (क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वाचित भएका छन्।रुपन्देही क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार प्रमोदकुमार यादव विजयी भएका छन्।

यादव ३१ हजार ७१८ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ  शुक्लाले २० हजार ४१६ मत ल्याएका छन्।
क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसका भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी  भएका छन्।

निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गरेका छन्। प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमिश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त  गरेका छन्। 

यस्तै प्रदेशसभा (ख) मा कांग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी समाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गरेका छन्।   

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएसँगै अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell