PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

माओवादीका मन्त्रीले हराए कांग्रेसका मन्त्रीलाई : प्रचण्डको सद्भाव खेर गएन 



पहिलोपोस्ट

माओवादीका मन्त्रीले हराए कांग्रेसका मन्त्रीलाई : प्रचण्डको सद्भाव खेर गएन 

काठमाडौं :  कैलाली ३ बाट माओवादी केन्द्रका गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

पूर्व कृषिमन्त्रीसमेत रहेका चौधरीले कांग्रेसका रामजनम चौधरीलाई ४ हजार ३८५ मतान्तरले पराजित गरेका हुन्।

गौरीशंकरले २४ हजार ८७९ मत पाउँदा पूर्व स्वास्थ्यमन्त्री कांग्रेसका रामजनमले २० हजार ४९४ मत पाएका छन्।

गौरीशंकर दोस्रो संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। माओवादी केन्द्रले त्यतिबेला सूदुरपश्चिममा जितेको त्यही एउटा मात्र क्षेत्र थियो। 

त्यसैले उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ९ महिना कृषिमन्त्री हुने सौभाग्य पाएका थिए। रामजनम भने कैलालीको तत्कालीन  क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै आएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell