PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बोकेरै हिंड्लान् कि कतै थन्क्याउलान् महन्थ ठाकुरले यी मुद्दा ?



बीपी साह

बोकेरै हिंड्लान् कि कतै थन्क्याउलान् महन्थ ठाकुरले यी मुद्दा ?

पहिलो मधेश आन्दोलनपछि गठन भएको तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको एउटा नारा मधेश र समग्र देशमा निकै चर्चित रह्यो। 

‘सत्ता नही, प्रभु सत्ता चाहिए,’ 

नारा दोस्रो मधेश आन्दोलनमा गुन्जियो। 

अर्थात् मधेशीका लागि सत्ता मात्र होइन समग्र राष्ट्रमा हिस्सेदारी हुनुपर्ने ठाकुरको तर्क थियो। 

ठाकुरको अर्को नारा पनि निकै आक्रमक छ।

त्यो हो, ‘मरे तो मुक्ति, जिए तो मधेश।’

यो नाराले आन्दोलनमा होमिन युवा वर्गमा निकै उर्जा भरेको थियो। ठाकुरले नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने तर्क चर्चामा ल्याए। बहुराष्ट्रिय राज्यका विषय उनले उठाउँदा आलोचना पनि उत्तिकै भयो। 

ठाकुरले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यही मुद्दालाई बहसमा ल्याए। 

ठाकुरको निकै महत्वकांक्षी सपनाहरु पुरा होल त? सर्लाही जिल्लाबाट चुनाव लड्दै आएका ठाकुर यसपटक आफ्नो जन्मथलो महोत्तरीबाट चुनावी प्रतिस्पर्धामा उत्रे। र, विजयी पनि भए। 

ठाकुर आफू र आफ्ना सहकर्मीहरुलाई चुनाव जिताएर आए पनि उनले छेडेका मधेश मुद्दा स्थापित हुन्छ कि हुन्न भन्ने प्रश्न अहिलेको टड्कारो प्रश्न हो।

मधेशलाई सत्ताको हिस्सेदार बनाउन आवाज उठाउँदै आएको मधेसवादी दलको प्रतिनिधित्व प्रतिनिधिसभामा कमजोर हुने प्रारम्भिक परिणामले देखाइसकेको छ।  

मधेसको मुद्दालाई साथ दिन्छु भन्ने कांग्रेसको निर्वाचन परिणाम पनि कमजोर आएको छ। संविधान संशोधन र मधेशको मुद्दा प्रति नरम दलहरु चुनावमा हार व्यहोर्दै छन्। 

पहिचानका पक्षमा उर्लदै आएकाहरुको स्वर पनि मत्थर हुँदै आएको छ। 

यस्तो अवस्थामा ठाकुरले  दुई मुद्दा ‘सत्ता नही, प्रभु सत्ता चाहिए,’ र ‘मरे तो मुक्ति, जिए तो मधेश’को मुद्दा कतै थन्क्याउलान् कि बोकेरै हिड्लान्?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell