PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सुरेन्द्र पाण्डे चितवन १ बाट दोस्रोपटक निर्वाचित, बुर्लाकोटीले सकेनन् यसपटक पनि



पहिलोपोस्ट

सुरेन्द्र पाण्डे चितवन १ बाट दोस्रोपटक निर्वाचित, बुर्लाकोटीले सकेनन् यसपटक पनि

काठमाडौं :  नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन १ बाट निर्वाचित भएका छन्।

कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई १५ हजार ७२० मतले पछि पार्दै पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

धादिङका पाण्डेले २०७० सालको निर्वाचनमा पनि बुर्लाकोटीलाई यही क्षेत्रमा पराजित गरेका थिए।पाण्डेले ५१ हजार ८० मत पाए भने बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरे।

पाण्डे २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेकातर्फबाट समानुपातिकबाट सभासद थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell