PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

‘डेन्जर जोन’बाट सुनसरी ४ झरेका अर्थमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित



पहिलोपोस्ट

‘डेन्जर जोन’बाट सुनसरी ४ झरेका अर्थमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं :   कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले हराउँदै कार्की निर्वाचित भएका हुन्। कार्कीले ३२ हजार ३४७ मत पाए भने श्रेष्ठले २५ हजार ७५० मत पाएका छन्।

भोजपुरका कार्की यसअघि समानुपातिकबाट सभासद् बनेका थिए। प्रतिनिधिसभामा भोजपुरबाट उम्मेदवारीका लागि सिफारिसमा परेपनि कार्कीले गृह जिल्ला छाडेर सुनसरीबाट चुनाव लडेका हुन्। भोजपुरमा कांग्रेस जित्न कठिन हुने भएकोले यो जिल्लालाई कांग्रेसको ‘डेन्जर जोन’ मानिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell