
काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी बारा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
चौधरी २४ हजार ४५० मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत पाएका छन्। मैनाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्।
चौधरी २०५६ सालको संसदीय चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसैगरी चौधरी पहिलो संविधानसभा निर्वाचनमा बाराको क्षेत्र नम्ब ५ बाट विजयी भएका थिए।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका चौधरी कांग्रेस अनुशासन समितिका सदस्य हुन्। कांग्रेसको १३ औं महाधिवेशनमा उनी कोषाध्यक्षका उम्मेद्वार थिए।