PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बाबुरामको जिल्लामा समानुपातिकतर्फ नयाँ शक्ति किन चौथो ? 



पहिलोपोस्ट

बाबुरामको जिल्लामा समानुपातिकतर्फ नयाँ शक्ति किन चौथो ? 

काठमाडौं :  प्रत्यक्षतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सकेका जिल्लाहरुमा समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ।

गोरखामा पनि समानुपातिकतर्फको मतगणना सुरु भइसकेको छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। 

प्रतिनिधिसभातर्फ कांग्रेसले एकहजार ४९८ मत पाएको छ भने एमालेले एक हजार ५५ मत पाएको छ। माओवादीले ८९२ मत पाउँदा नयाँ शक्तिले ४८१ मत मात्र पाएको छ।

यता प्रदेशतर्फ पनि कांग्रेसकै अग्रता रहेको छ। प्रदेशमा कांग्रेसको एकहजार ३९३, एमालेको ९७६, माओवादी केन्द्रले ८८२ मत पाउँदा नयाँ शक्तिले ५०३ मत मात्र पाएको छ।

गोरखा १ बाट माओवादीका हरिराज अधिकारी र २ बाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

चार प्रदेशसभा सदस्यमा एक एमालेका, एक माओवादीका, एक नयाँ शक्तिका र एक कांग्रेसका विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell