PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

चितवन क्षेत्र नं ३ को क मा एमालेका भुर्तेल र ख मा माओवादीका महतो विजयी



पहिलोपोस्ट

चितवन क्षेत्र नं ३ को क मा एमालेका भुर्तेल र ख मा माओवादीका महतो विजयी

चितवन:  चितवन क्षेत्र नम्बर ३ को प्रदेश क'मा नेकपा एमालेका कृष्णप्रसाद भुर्तेल कांग्रेसका दिनेश कोइरालालाई पराजित गर्दै विजयी भएका छन्।

उनले २४ हजार ७८५ मत प्राप्त गरेका छन् भने कांग्रेसका कोइरालाले २३ हजार ४५ मत ल्याएका छन्।त्यस्तै, ३ नम्बर प्रदेशको ख बाट वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामलाल महतो विजयी भएका छन्। 

महतो २५ हजार ६१ मत प्राप्त गररी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार  साजन महतोलाई  ९ हजार ११६ को  मतान्तरले  पराजित गर्दै विजयी भएका हुन्। महतोले १५ हजार ९४५ मत  प्राप्त गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell