सर्लाही: प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ।
क्षेत्र नम्बर ४ अन्तर्गतको बलरा नगरपालिका ४ मा रहेको जब्दी आधारभूत विद्यालय मतदान केन्द्रबाट आएको एउटा मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै सिल फेला परेपछि मतगणना स्थगित भएको हो।
दलका प्रतिनिधिहरुलाई राखेर निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधान गरि गणनाको प्रयास गरिरहेको छ। मतगणना स्थगित हुँदासम्म राजपाका राकेश मिश्र १६ हजार ३१८ मतका साथ अगाडि छन्। कांग्रेसका अमरेश कुमार सिंहले १५ हजार ९३५ मत प्राप्त गरि उनलाई पछ्याइरहेका छन्।