PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रिमियर लिग : 'म्यानचेष्टर डर्बीमा' सिटीको जित, ओटामन्डीको निर्णाक गोल, ११ अंकको अग्रता



पहिलोपोस्ट

प्रिमियर लिग : 'म्यानचेष्टर डर्बीमा' सिटीको जित, ओटामन्डीको निर्णाक गोल, ११ अंकको अग्रता

प्रिमियर लिग अन्तर्गत गएराती भएको म्यानचेष्टर डर्बी भिडन्तमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गरेको छ। जितपछि लिग लिडर सिटीले दोस्रो स्थानको युनाइटेडमाथि ११ अंकको अग्रता कायम गरेको छ।

युनाइटेडलाई उसैको घरेलु मैदान ओल्डट्राफोर्डमा पराजित गर्न सिटीका निकोलस ओटामन्डीले निर्णायक गोल गरे।

त्यसअघि ४३औँ मिनेटमा डेभिड शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा युनाइटेडका लागि मार्कुस रासफोर्डले बराबरी गोल फर्काए।

पहिलो हाफमा १-१ को बराबरी खेलेपनि दोस्रो हाफमा सिटीले १ गोल थप्दै खेल जित्यो। ५४औँ मिनेटमा ओटामन्डीले गरेको गोल सिटीलाई ३ अंक दिलाउन निर्याणक रह्यो।

जितपछि १६ खेलबाट ४६ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ। साविक विजेता चेल्सी भन्दा सिटी १४ अंकले अगाडी छ। दोस्रो स्थानको युनाइटेडको ३५ अंक छ। ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell