PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सुनसरी ३ मा 'थ्रीलर' कम्पिटिसन: गच्छदार र भगवती चौधरीको मतान्तर १५५ मात्रै



पहिलोपोस्ट

सुनसरी ३ मा 'थ्रीलर' कम्पिटिसन: गच्छदार र भगवती चौधरीको मतान्तर १५५ मात्रै

काठमाडौं: सुनसरी ३ मा नेपाली कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीचको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। फोरमबाट एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदारलाई अहिलेसम्मको अपराजित यात्रालाई जोगाउने चुनौती छ।

वाम गठबन्धनबाट उम्मेदवार बन्दै गच्छदारलाई कडा चुनौती दिइरहेकी एमालेकी भगवती चौधरीले गच्छादारमाथि झिनो अग्रता बनाएकी छिन्।

६४ हजार २२३ मतगणना भइसक्दा चौधरी १ सय ५५ मतले अगाडी छिन्। चौधरीले २९ हजार ३२६ मत ल्याउँदा गच्छादारले २९ हजार १७१ मत पाएका छन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा चौधरी गच्छदारसँगै पराजित भएकी थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell