काठमाडौं: प्रतिनिधि र प्रदेशसभाको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसका १६५ क्षेत्रमध्ये १४० क्षेत्रको मतपरिणाम आइसकेको छ। सवैभन्दा बढी क्षेत्रमा नेकपा एमाले विजयी भएको छ।
विहान ११ बजेसम्म एमालेले सवैभन्दा बढी ७४ स्थानमा विजयी हासिल गरेको हो। दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २९, कांग्रेस १९ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी र राजपाले ९ र ८ स्थानमा जितेका छन्।
२० क्षेत्रमा मतगणना भइरहेको छ। प्रदेश एक अन्तर्गत ३, र संखुवासभामा मतगणना जारी रहेको छ।
प्रदेश नम्वर २ का धेरै क्षेत्रमा मतगणना भइरहेको छ। सिरहा क्षेत्र नम्बर १ र २ मा पनि मतगणना जारी छ। धनुषा १ र ४, तथा महोत्तरी ४ मा मतगणना बाँकी नै छ। सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रको मतपरिणमा आएको छैन। पर्साका चारवटा क्षेत्रमध्ये दुई क्षेत्रमा परिणाम आइसकेको छ। दुई क्षेत्रमा गणना जारी छ। प्रदेश नम्वर तीनका भक्तपुर १ र चितवन ३ केही क्षेत्रमा अझै मतगणना सकिएको छैन।
प्रदेश नम्वर ४ का ११ वटा जिल्लामध्ये दुई वटा जिल्लामा मात्र अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। स्याङजाको क्षेत्र नम्वर १ र २ मा मतपरिणाम आइसकेको छैन।
प्रदेश नम्वर ५ मा अर्घाखाँचीको मतपरिणमा आउन बाँकी रहेको छ। अन्य क्षेत्रको भने मतपरिणमा आइसकेको छ। अधिकांश क्षेत्रमा वाम गठवन्धनले विजयी हासिल गरेको छ। त्यस्तै नवलपरासी पश्चिमको मतगणना पनि जारी रहेको छ।
कैलाली जिल्लाको क्षेत्र नम्वर १, २ र ४ को मतपरिणा आइसकेको छैन। कन्चनपुर ३ र डोटीको मतपरिणाम आउन बाँकी छ।