PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्डलाई १८० रनको लक्ष्य



पहिलोपोस्ट

यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्डलाई १८० रनको लक्ष्य

काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा अहिले नेपाल र आयोजक थाइल्याण्डबीच खेल भइरहेको छ। पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १८० रनको टार्गेट दिएको छ।

टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २ बल अगावै अलआउट भएको थियो। ३५ ओभरको खेलमा नेपालले ३४.४ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो। नेपालका लागि तृतराज दासले सर्वाधिक ३९ रन बनाए भने कुशल मल्ले २४ तथा सुनिल भण्डारीले २३ रन जोडे।

कोकिएक चतवङले ३ तथा कोङगकिदाकोन र छिराफोङले समान २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell