PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

लक्ष्मणलाल कर्णले पहिलो पटक प्रत्यक्षबाट चुनाव जिते, कांग्रेसका रमेश रिजाल पराजित



पहिलोपोस्ट

लक्ष्मणलाल कर्णले पहिलो पटक प्रत्यक्षबाट चुनाव जिते, कांग्रेसका रमेश रिजाल पराजित

वीरगंन : पर्सा-४ को प्रतिनिधि सभा सदस्यमा राजपाका लक्ष्मणलाल कर्ण विजयी भएका छन्। राजपाका सह अध्यक्ष रहेका कर्णले २० हजार ७३८ मत ल्याई बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत ल्याएका छन्। माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६१७ मत ल्याएकी छन्।

२०४८ र २०५६ सालको चुनावमा पर्सा क्षेत्र नं १ बाट पराजित कर्ण दुईवटा संविधान सभाको निर्वाचन पहिलो २०६४ र दोस्रो २०७० मा भने प्रत्यक्षतर्फ चुनाव लडेनन्। उनी दुवै पटक समानुपातिक तर्फबाट सभासद् भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell