PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

चलचित्र विकास बोर्डको अध्यक्षमा नीकिता पौडेल



पहिलोपोस्ट

चलचित्र विकास बोर्डको अध्यक्षमा नीकिता पौडेल

काठमाडौं: चलचित्र विकास बोर्डको अध्यक्ष नीकिता पौडेल हुने भएकी छिन्।

राजकुमार राईको कार्यकाल सकिएपछि विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १३ जना फिल्मकर्मीले आवेदन दिएका थिए। आवेदन दिनेमध्यबाट कोही एक चयन नभएसम्मका लागि सञ्चार मन्त्रालयका सचिव रामचन्द्र ढकालले कामु रहे।

सोमबार बसेको मन्त्रि परिषद्को बैठकले नीकितालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको हो। उनले नियुक्ती पत्र बुझेकी भने छैनन्। एनएफडिसी प्रमुख नीकिता फिल्म निर्माता समेत हुन्।

निकीता बोर्डको लागि पहिलो महिला अध्यक्ष हुनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell