PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

जायरा वसिममाथि दुर्व्यवहार अभियुक्त पक्राउ



पहिलोपोस्ट

जायरा वसिममाथि दुर्व्यवहार अभियुक्त पक्राउ

फिल्म दंगल र सिक्रेट सुपरस्टारबाट चर्चामा आएकी बलिउड युवा कलाकार जायरा वसिमले आइतबार आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताइन्। उनले इन्स्टाग्राम लाइभामार्फत दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा एक अधवैंशे मान्छेले आफूलाई शारीरिक दुर्व्यवहार गरेको जायराले जनाएकी थिइन्। 

वसिमको भिडियोले मिडिया र सामाजिक सञ्जालमा ठाउँ पाएपछि विस्तारा एयरलाइन्सले आरोपित यात्रुहरुलाई सम्पर्कमा ल्याउने विज्ञप्ती सार्वजनिक गरेको थियो।

सोमबार उक्त व्यक्ति पक्राउ परेका छन्। ३९ वर्षिय विकास सचदेवलाई पुलिसले नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकासले आफूले जानेर वा बुझेर जायरालाई नछोएको स्पष्टिकरण दिएका छन्। भने,'मामाको अन्तिम संस्कारबाट फर्किरहेको थिएँ। मेरो मानसिक र शारीरिक स्थिति ठिक नभएका कारण म ब्ल्याङ्केट मागेर पल्टिएको थिएँ। हुनसक्छ मैले हलचल गर्दा जायरालनई छोइएको थियो।'

जायराले फ्लाइटमै क्रुसँग आफूमाथि भएको दुर्व्यवहार बारे जानकारी गराएपनि क्रुले कुनै प्रतिक्रिया नदिएको दाबी गरेकी थिइन्। घटना बारे मुम्बई पुलिस थप अनुसन्धान गरिरहेको अफिसर अनिल कुम्भारेले फस्टपोस्टलाई जानकारी दिएका छन्। उनका अनुसार सोमबार दुबै पक्षलाई अदालतमा बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell