PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

यू- १६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्ड १३३ रनले पराजित



पहिलोपोस्ट

यू- १६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा थाइल्याण्ड १३३ रनले पराजित

काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। सोमबार भएको समूह ए को खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको हो।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा १९.३ ओभरमा ४६  रनमै अलआउट भयो। नेपाली बलरहरुको घातक बलिङ सामु थाइल्याण्डका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके।

थाइल्याण्डलाई कम स्कोरमा अलआउट गर्न नेपालका नारायण जोशीले ५ तथा सूर्य तामाङले २ विकेट लिए। यस्तै निखिल कुमार सिंह र विशाल विक्रम केसीले १-१ विकेट लिए।

थाइल्याण्डका लागि एघारौँ नम्वरमा ब्याटिङ गरेका कोकिएक चतवङले सर्वाधिक ११ रन बनाए।

त्यसअघि टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ बल अगाडी अलआउट हुँदै १७९ रन बनाएको थियो। नेपालका लागि तृतराज दासले सर्वाधिक ३९ रन बनाए भने कुशल मल्ले २४ तथा सुनिल भण्डारीले २३ रन जोडे।

कोकिएक चतवङले ३ तथा कोङगकिदाकोन र छिराफोङले समान २-२ विकेट लिए।

नेपालले मंगलबार हङकङ तथा बिहीबार म्यानमारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell