PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

फिल्म 'क्याप्टेन' बन्ने, पुन: होम प्रोडक्सनमै अनमोल केसी



पहिलोपोस्ट

फिल्म 'क्याप्टेन' बन्ने, पुन: होम प्रोडक्सनमै अनमोल केसी

काठमाडौं: अभिनेता अनमोल केसीको 'कृ' रिलिज टुङ्गो नलाग्दा उनका फ्यान त निराश छन् नै साथै 'वर्षमा एक फिल्म' फर्मुलाले यो साल साथ दिएन। गाजलुपछि गरेको प्रोजेक्ट कृ प्रोडक्सनको काम र रिलिज तय गर्नमै अल्झिरह्यो।

यसैबिच उनको नयाँ फिल्म 'क्याप्टेन' बन्ने भएको छ। फिल्मलाई अनमोल पिता भुवन केसीले नै निर्माण गर्दैछन्। अनमोल अभिनित फिल्म कृ पनि भुवन केसीले नै निर्माण गरेका हुन्। यस्तोमा अनमोल अझै केही समय होम प्रोडक्सन बाहेक अन्य निर्माण कम्पनीका लागि अनुबन्धित नहुने निश्चित देखिन्छ। क्याप्टेनमा अनमोल अभिनेता मात्र नभएर निर्माताको भूमिका पनि निर्वाह गर्दैछन्।

फिल्म क्याप्टेन निर्माण कम्पनी सुपर काजल फिल्मसले आइतबार फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराएको छ। स्पोर्टस् ड्रामामा अनमोल फुटबल खेलाडीको रुपमा देखिने जनाइएको छ। सामिप्यराज तिमिल्सिना र प्रज्ञान थापाको कथामा बन्ने फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell