
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशमा शान्ती र स्थायित्वको लागि अघि बढ्ने बताएका छन्।
चितवनबाट राप्रपा प्रजातान्त्रिकका उम्मेद्वार विक्रम पाण्डेलाई हराएउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भागबण्डामा नलाग्ने बताएका छन्। उनले भने, ‘पार्टी एकता सरकार गठन अघि नै हुन्छ। प्राविधिक कारणले हुन सकेन भने सरकार गठनसंगै पार्टी एकिकरण हुन्छ।’
दहाल ४८ हजार २ सय ६९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धि पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याए।