PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निर्वाचन शान्तिपुर्ण गराएकोमा देउवालाई प्रचण्डको धन्यवाद



पहिलोपोस्ट

निर्वाचन शान्तिपुर्ण गराएकोमा देउवालाई प्रचण्डको धन्यवाद

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन गराउन सफल भएकोमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्।

चितवन क्षेत्र नम्वर ३ मा विजयी भएसँगै संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तिनै तहको निर्वाचन शान्तिपुर्ण गराएको देउवालाई धन्यवाद दिएका हुन्। दाहालले भने ‘वाम गठवन्धन बन्दाखेरी नि देउवा जिलाई कांग्रेसले यति सिट ल्याउँछ भन्ने थाहा थियो। तर पनि उहाँले चुनाव गराउनुभयो उहाँ धन्यवादको पात्र हुनुहुन्छ।'

अध्यक्ष दाहालले कांग्रेसले कम सिट ल्याएपनि कांग्रेसको भुमिका महत्वपुर्ण रहने दावी गरे। उनले भने 'आर्थिक विकासदेखि राष्ट्रिय मुद्धा र शान्तिप्रकृया टुङ्गोमा पुर्‍याउन कांग्रेस भुमिका अहम छ। दाहालले आगामी दिनमा कांग्रेससंग सहकार्य गर्ने समेत बढाए।

एमालेले सरकार नेतृत्व गर्ने सम्भावना बढिरहेको बताउँदै यसमा माओवादीलाई आपत्ति नहुने प्रचण्डले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell