PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

पर्सा-बारा मधेशी दलको किल्ला, वामको वर्चश्व निल



पहिलोपोस्ट

पर्सा-बारा मधेशी दलको किल्ला, वामको वर्चश्व निल

वीरगंज : प्रदेश नं २ को पर्सा–बारा जिल्ला मधेशी दलको किल्ला बनेको छ। मधेसी गठबन्धनको नामले चुनाव लडेको राजपा–फोरम नेपाल गठबन्धनले दुई जिल्लाको ८ क्षेत्र मध्ये ७ वटामा जित निकालेको छन् भने एकमा मात्र नेपाली कांग्रेसले साख जोगाउन सफल भएको छ। पर्साको चार क्षेत्र मध्ये ३ मा फोरम नेपालले मसाल बालेको छ भने एकमा राजपाको छाताले जितेको छ।

बारामा विजय हासिल गर्ने तीन क्षेत्र मध्ये दुईमा फोरम नेपाल र एकमा राजापाले बाजी मारेको हो।

पर्सा १ मा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव व्यवसायी तथा नेपाली कांगेसका उम्मेदवार अनिल रुंगटालाई पराजित गरेका छन् भने दुईमा फोरमकै विमलले कांगेसकै अजयकुमार चौरसियालाई पराजित गरेका छन्।

तीनमा फोरमकै हरिनारायण रौनियारले कांगेसकै सुरेन्द्र चौधरीलाई पराजित गर्दै तीन क्षेत्रमा नतिजा निकाले। चार नं क्षेत्रमा कहिल्यै चुनाव नजितेका पूर्व विना विभागिय मन्त्री तथा राजपाका सह अध्यक्ष लक्षमणलाल कर्ण विजयी भएका छन्। क्षेत्र नं ४ मा पहाडी समुदायको ठोरी गाउँपालिकामा ठूलो संख्यामा बसोबास हुँदाहुँदै पनि मधेशी मुलका पहिलो प्रतिनिधि चयन भए।

यता, बाराको १ मा कांग्रेस, २ र ३ मा फोरम नेपाल, तथा ४ मा राजपाले विजय हासिल गरेको छ।

१ मा कांग्रेसका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी निर्वाचित भएका छन्। उनले एमालेका अच्युत मैनालीलाई पराजित गर्दै जित निकालेको हुन्।

क्षेत्र नं २ मा फोरम नेपालका रामसाहाय प्रसाद यादव निर्वाचित भएका छन्। उनले कांग्रेसका पूर्व सभासद राधेचन्द्र यादवलाई पराजित गर्दै बारामा प्रतिनिधि सभातर्फ पहिलो जित निकालेको थिए। क्षे नं ३ मा फोरम नेपालका रामबाबु कुमार यादव विजयी भएका छन्। उनले प्रतिनिधि सभा तर्फ एमालेका अदयानन्द पाण्डेलाई पराजित गर्दै विजयी भए भने ४ मा राजपाका एकवाल मिया विजयी भएका छन्। उनले एमालेका देवनारायण चौधरीलाई पराजित गर्दै जित निकालेका हुन्। 

यसैबीच पर्साका ८ वटा प्रदेश सभा क्षेत्रमा दुईमा कांग्रेस, १ मा राजपा र ५ क्षेत्रमा फोरम नेपालले विजय हासिल गरेको छ।

फोरम नेपालले पर्साको १(क) र (ख),३ को (क) र ४ को (ख) मा जितिसकेको छ भने ३ को ख मा जित नजिक पुगेको छ। फोरम नेपालबाट जन्नत अन्सारी, लालबाबु राउत, अब्दुलरहिम अन्सारी, प्रहलाद गिरी र सिंगाहसन साह कलवार ५ जना विजयी हुने उम्मेदवार हुन्। कांगेसबाट २ क मा विजयी हुने राजेश्वरप्रसाद साह, ४ क मा विजयी हुने शंकर प्रसाद साह रहेका छन् भने राजपाबाट पूर्व सभासद रमेश कुर्मी दुईको ख मा धेरै मतले अग्रस्थानमा देखिएका छन्। 

बाराको १ क मा एमालेका त्रिलोकीप्रसाद चौधरी, १ ख मा राजपाका केन्द्रीय उपाध्यक्ष सरोज यादव, २ क मा फोरम नेपालका शारदाशंकर प्रसाद जैसवाल, २ ख मा फोरम नेपालका बच्चा राउत अहिर, ३ क मा माओवादीकी ज्वाला कुमारी साह, ३ ख मा फोरम नेपालका पारस कुमार साह,  ४ क मा एमालेका सुन्दर विश्वकर्मा, ४ ख मा राजपा जितेन्द्र सोनल विजयी भएका छन्।

 

वाम गठबन्धनलाई बाइबाइ
पर्सा र बाराका एउटा क्षेत्रमा पनि एमाले प्रतिनिधि सभातर्फ जित निकाल्न सकेको छैन। पर्सामा त प्रदेश सभातर्फ पनि एमाले वा माओवादी जित्न सकेको छैन। बारामा एमालेले दुई र माओवादीले एक क्षेत्रमा मात्र प्रदेश सभा तर्फ बाजी मारेको छ।


बाराको तीन क्षेत्रमा एमाले जित्ने अनुमान गरिए पनि अन्तिममा गएर एमालेको पोल्टाबाट राजपा, फोरमले जित खोसेका छन्। बाराको चार वटै क्षेत्रमा एमालेसंँग अन्य दलको प्रतिस्पर्धा रहेका थियो। १, ३, ४ मा एमाले जित्ने आंकलन गरिएको थियो तर वामले ३ प्रदेश सभा तर्फको जितमै चित्त बुझाउनु पर्ने अवस्था सृजना भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell