PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रदेश ७ मा नतिजा आउन बाँकी यी ३ क्षेत्र, कहाँ कसको अग्रता?



पहिलोपोस्ट

प्रदेश ७ मा नतिजा आउन बाँकी यी ३ क्षेत्र, कहाँ कसको अग्रता?

काठमाडौं : प्रतिनिधि तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश नम्बर ७ का ३ निर्वाचन क्षेत्रको मत परिणम आउन बाँकी रहेका छ। कैलालीको निर्वाचन क्षेत्र १ र २ तथा कंचनपुर ३ मा मतगणना भैरहेको छ।

कैलाली १ मा राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले ठुलो मतान्तरले अग्रता लिएका छन्। अहिलेसम्म उनले १९ हजार ५८२ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका मदन कुमारी साहाले ६ हजार ८३ मत पाएकी छन्।

भरखरै नेकपा एमालेबाट नेपाली कांग्रेसपार्टी प्रवेश गरि कैलालीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन सिंह राठौर र नेकपा एमालेका झपट बहादुर रावलबिच प्रैतिस्पर्धा भैरहेको छ। सो क्षेत्रमा नेकपा एमालेका झापट बहादुर रावलले ८ हजार ९५१ सहित अग्रता लिइरहेका छन्। कांग्रेस उम्मेदवार मोहन सिंह राठौरले ६ हजार ९८३ मत सहित एमाले उम्मेदवारलाई पन्छारहेका छन्। 

यता कंचनपुरमा भने कडा प्रतिस्पर्धा भैरहेको छ। मतगणना देखि नै नेकपा एमालेका उम्मेदवार दीपप्रकाश भट्टले अग्रता लिइरहेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले झिनो मतान्तरले पन्छाइरहेका छन्। साढे १ बजेतिर सार्वजनिक मतपरिणम अनुसार एमाले उम्मेदवार भट्टले ४७ मतान्तरले अग्रता लिएका छन्। पछिल्लो मतपरिणम अनुसार भट्टले २१ हजार ९७५ मत पाए भने प्रतिस्पर्धी लेखकले २१ हजार ९२८ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell