PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मलाइका अरोरासँग नेपाली मोडल सबिता कार्कीको पोज



पहिलोपोस्ट

मलाइका अरोरासँग नेपाली मोडल सबिता कार्कीको पोज

'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी नेपाली मोडल सबिता कार्की प्रतियोगिताको टप ३ का लागि छानिएकी छिन्। सबितासँगै रिया सुबोध र श्वेता राज उत्कृष्ट ३ घोषित भए। र यी तीन प्रतिस्पर्धीले कार्यक्रमको लागि जज समेत रहेकी अभिनेत्री मलाइका अरोरासँग फोटो सुटको अवसर प्राप्त गरे।

काठमाडौं‌की २३ वर्षीय सबिता कार्कीले पनि अरोरासँग तीन पोज दिइन्। जुन फोटो उनले आफ्नो इन्टाग्राममार्फत सेयर गरेकी छिन्। क्याप्सनमा उनले लेखेकी छिन्,'म टप ३ मा पर्न सफल भएँ। र मलाइका अरोरासँगको यो फोटो 'बेस्ट' फोटो हो। माया र साथको लागि धन्यवाद। आशा गर्छु म टप मोडल बन्न सफल हुन्छु।'



र्‍याम्प सो र म्यागजिन फोटो सुटका लागि अगाडि रहेकी सबिता भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी थिइन्। उनको उचाई ५ फिट ८ इन्च रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell