.jpg)
काठमाडौं : सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिप गल्फ मा पहिलो दिन शुक्र बहादुर राईले अग्रता लिएका छन्। गोकर्ण गल्फ क्लबमा सोमबार सुरु भएको प्रतियोगितामा राईले ४ ओभर ७६ स्कोर गर्दै अन्डर २१ तर्फ पहिलो स्थानमा छन्।
भारतका मोनिस वाई शाह ५ ओभर ७७ स्कोरका साथ अन्डर १६ तर्फ पहिलो स्थानमा छन्।
यसैगरी महिलातर्फ प्रतिमा शेर्पा पहिलो दिन शीर्ष स्थानमा छन्। प्रतिमाले ९ ओभर ८१ स्कोर गरिन्। महिलातर्फ कश्मिरा शाह दोस्रो र जुनी गुरुङ तेस्रो स्थानमा छन्।
नेपाल गल्फ एसोसिएसन र गोकर्ण फरेस्ट रिसोर्टको आयोजनामा भएको फाल्डो सिरिजलाई आइएसएमईले प्रायोजन गरेको छ।
५४ होलमा खेलाइने सिरिजमा १२ देखि २१ वर्षसम्मका कूल २४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रत्येक विधाका विजेताले भियतनाममा हुने १२औँ फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलमा प्रतिस्पर्धा गर्न पाउनेछन्।