PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

अन्तत: इटली पुगेर विवाह गरे विराट र अनुष्काले



पहिलोपोस्ट

अन्तत: इटली पुगेर विवाह गरे विराट र अनुष्काले

भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ।

विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त स्टेटमेन्टमा जनाइएको छ। विराट र अनुष्काका लागि टप फेसन डिजाइनर सबयसाची मुखर्जीले विवाहका लागि ड्रेस तयार पारेका थिए।
 

यी कपलले रिलेटिभ्सका लागि यही डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् भने बलिउडकर्मी र क्रिकेटरका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell