PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कञ्चनपुर ३ मा एमालेका दीपकप्रकाश भट्ट विजयी, रमेश लेखक पराजित



पहिलोपोस्ट

कञ्चनपुर ३ मा एमालेका दीपकप्रकाश भट्ट विजयी, रमेश लेखक पराजित

कञ्चनपुर: कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत पाए। डा भट्टले लेखकलाई १२६ मतको झिनो अन्तरले पराजित गरेका हुन्।

यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे।

सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी भए। उनका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell