PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी दोब्बर मतान्तरसहित विजयी



पहिलोपोस्ट

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी दोब्बर मतान्तरसहित विजयी

काठमाडौँ: प्रहरीको फरार सूचीमा रहेका रेशमलाल चौधरी भारी मतान्तरसहित विजयी भएका छन्। टिकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका हुन्। 
उनका निकटतम प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४०६ मतमात्र प्राप्त गरिन्। 

प्रदेशतर्फ १ मा राजपाका कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी भएका छन्। २ मा कांग्रेसका रण बहादुर रावत ९ हजार ४३४ मतसहित विजयी भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell