
नयाँदिल्ली: भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन्।
पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएका हुन्। घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए।
“राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने “यो ऐतिहासिक घटना हो।” झण्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ वर्षीय सोनिया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन्।
गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो।
राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए।
राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएका थिए। उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नेछन्।
भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए। कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।
“धेरै वर्षदेखि म यो दिनको प्रतीक्षामा थिएँ। मेरो हर्षको सीमा छैन,” लामो समयदेखि कांग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने।
सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो। रासस÷एएफपी