PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

अमरेशको निर्वाचन क्षेत्र सर्लाही ४ को मतगणना अझै सुरु हुन सकेन्



पहिलोपोस्ट

अमरेशको निर्वाचन क्षेत्र सर्लाही ४ को मतगणना अझै सुरु हुन सकेन्
फाइल फोटो

सर्लाही: प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही क्षेत्र नंम्बर ४ को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन्। दलका प्रतिनिधिबीचको विवादले आइतबार राति साँढे १० बजेदेखि मतगणना रोकिएको थियो।

बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटामध्ये ४ वाट मात्रै सिल रहेको मतपेटिका भेटिएपछि भएको प्रतिनिधिको विवादले मतगणना स्थगित भएको थियो। यस बारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना सुरु गर्न निर्देशन दिइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तर जिल्लामा दलका प्रतिनिधिबीच सहमति हुन सकेको छैन। घण्टौंदेखि मतगणना स्थगित हुँदा परिणाम सुन्न मतगणनास्थल सर्लाही क्याम्पस परिसर बाहिर बसेका राजपा र काँग्रेस कार्यकर्ताबीच सोमबार दिउँसो झडप समेत भएको थियो। झडपमा केही घाइते भएका छन् भने सवारीसाधनमा तोडफोड भएको छ।

मतगणना रोकिँदासम्म राजपाका उम्मेदवार राकेश कुमार मिश्रले अग्रता लिएका छन्। कांग्रेसका अमरेश कुमार सिंह उनलाई पछ्याइरहेका छन्। मिश्रले १६ हजार ३१८ र सिंहले १५ हजार ९३५ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell