PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

स्याङ्जामा वाम गठबन्धनको अग्रता कायमै 



पहिलोपोस्ट

स्याङ्जामा वाम गठबन्धनको अग्रता कायमै 

पोखरा: गठबन्धनहरुको विवादका कारण चार दिन ढिलो मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता बनाएका छन्। 

वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण मरासिनीे २१ हजार ४ मत प्राप्त गरेका छन्।
कांगे्रसका राजु थापाले १६ हजार ३५५ मत पाएका छन्। मरासिनी र थापाबीच ४ हजार ६४९ को मतान्तर छ। 

क्षेत्र नम्बर २ मा वामबाट उम्मेदवार रहेकी पद्मा अर्यालले १७ हजार २५६ मत प्राप्त गरेकी छन्। कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठले १४ हजार ३९९ मत प्राप्त गरेका छन्। 

एमालेकी अर्याल र श्रेष्ठबीच २ हजार ८५७ को मतान्तर छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell