काठमाडौँ: मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम करिव अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभामा अव ५ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी छ।
विवादका कारण ढिला गणना सुरु भएको स्याङ्जामा मतगणना जारी छ। स्याङ्जाका दुवै क्षेत्रमा वाम गठबन्धनको अग्रता छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नारायण मरासिनीले अग्रता कायम राखेका छन्। कांग्रेसका राजु थापा मरासिनीलाई पछ्याइरहेका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा एमालेकी पद्मा अर्यालले अग्रता कायमै राखेकी छन्। अर्याललाई कांग्रेसका गोपालमान श्रेष्ठले पछ्याइरहेका छन्।
यस्तै सुनसरी ३ मा पनि मतपरिणाम आउन बाँकी छ। विवादका कारण मतगणना स्थगित भएपछि सुचारु हुन सकेको छैन। जहाँ एमालेकी भगवती चौधरीको झिनो अग्रता छ। कांग्रेसका विजय गच्छदार उनलाई पछ्याइरहेका छन्।
कैलाली २ को मतगणना ढिला गरी सुरु भएका कारण मतपरिणाम आएको छैन। जहाँ एमालेका झपट रावलको अग्रता छ। एमाले छाडेर कांग्रेसबाट उम्मेदवार बनेका मोहनसिंह राठौरले पछ्याइरहेका छन्।
सर्लाही ४ मा विवादका कारण्म मतगणना स्थगित छ। स्थगित हुँदासम्म राजपाका राकेश कुमार श्रिले अग्रता कायम राखेका छन्। जहाँ कांग्रेस उम्मेदवार अमरेश कुमार सिंहले पछ्याइरहेका छन्। सर्लाही ४ मा वाम गठबन्धनको उम्मेदवारी भने खारेजीमा परेको थियो।
गणना बाँकी रहेका क्षेत्र
स्याङ्जा १
नारायाण मरासिनी –अग्रता
राजु थापा
स्याङ्जा २
पद्मा अर्याल एमाले –अग्रता
गोपालमान श्रेष्ठ
सुनसरी ३
भगवती चौधरी –अग्रता
विजयकुमार गच्छदार
सर्लाही ४
राकेश कुमार मिश्र –अग्रता
अमरेश कुमार सिंह
कैलाली २
झपट बहादुर रावल –अग्रता
मोहनसिंह राठौर