
काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको १६५ क्षेत्रमध्ये १६० क्षेत्रको नतिजा आएको छ। प्राप्त नतिजामा केही पुराना हस्तीलाई पराजित गर्दै नयाँ अनुहारले केन्द्रीय संसदमा स्थान बनाएका छन्। ६६ जना नयाँ अनुहारले संसद्ले डेव्यु गर्दैछन्।
एमाले सचिव समेत रहेका योगेश भट्टराई पहिलो पटक केन्द्रीय संसद्मा प्रवेश गर्दैछन्। दुई पटकको पराजयपछि उनी प्रतिनिधिसभामा चुनिएका हुन्।
प्रहरी संगठन छाडेर केही महिनाअघि राजनीतिमा अएका नवराज सिलवालको लागि पनि संसदको अनुभव नयाँ हुनेछ। सिलवाल ललितपुर क्षेत्र नम्वर १ मा बाहलवाला अर्थराज्यमन्त्री उदय शमशेर राणालाई पराजित गरी विजयी भएका हुन्।
झापा क्षेत्र नम्वर ३ वाट कांग्रेस उम्मेद्वार कृष्णप्रसाद सिटौलालाई हराउँदै चर्चामा आएका राजेन्द्र लिङ्देन पुराना राजनीतिज्ञ भए पनि सांसद भने पहिलो पटक बनेका छन्।
झापा क्षेत्र नम्बर २ वटा निर्वाचित भएकी एमालेकी पवित्रा निरौला खरेलको पनि सांसदको अनुभव पहिलो नै हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा मन्त्री बनेको महेश वस्नेत पनि पहिलो पटक संसदमा डेव्यु गर्दैछन्। बस्नेत भक्तपुर २ बाट निर्वाचित भएका छन्।
काठमाडौं ३ बाट विजयी कृष्णबहादुर राई पनि पहिलो पटक संसद भवन छिर्दैछन्। एमालेबाट काठमाडौं ८ बाट विजयी भएका जीवनराम श्रेष्ठको पनि पहिलो अनुभव हुनेछ।
मनाङबाट विजयी पोल्देन छोपाङ गुरुङ पेशाले कृषि व्यवसायी हुन्। गुरुङ यो पटक सांसद बनेका छन्। उनका लागि संसद नयाँ हुनेछ। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर पनि पहिलो पटक सांसद बनेकी छिन्। कञ्चनपुर १ बाट विजयी मगरको राजनीतिक अनुभव पुरानो छैन।
मोरङ १ बाट विजयी घनश्याम खतिवडा, सोलुखुम्बुबाट विजयी हेमकुमार राई, रसुवाबाट विजयी मोहन आचार्य, नुवाकोटबाट विजयी हितबहादुर तामाङको पनि सांसद हुने नयाँ अनुहार हुन्।
नयाँ सांसद्
योगेश भट्टराई :ताप्लेजुङ
नवराज सिलवाल :ललितपुर
मोहन आचार्य :रसुवा
राजेन्द्र लिङ्देन :झापा
सुदन किराती :भोजपुर
कृष्णबहादुर राई :काठमाडौं
पोल्देन छोपाङ गुरुङ :मनाङ
महेश बस्नेत :भक्तपुर
हितबहादुर तामाङ :नुवाकोट
विना मगर :कञ्चनपुर
पवित्रा खरेल :झापा
जीवनराम श्रेष्ठ :काठमाडौं
धनश्याम खतिवडा :मोरङ
गोकुल वास्कोटा :काभ्रे
नरबहादुर धामी :कञ्चनपुर
लालबहादुर थापा :बाजुरा
गोपाल बहादुर बम :मुगु
नवराज रावत :सुर्खेत
ध्रुवकुमार शाही :सुर्खेत
महेश्वरजंग गहतराज :बाँके
हिराचन्द्र केसी :दाङ
एलपी साँवा लिम्बु :झापा
जयकुमार राई :सुनसरी
लीलानाथ श्रेष्ठ :सिरहा
राजेन्द्रकुमार राई :धनकुटा
नारायण प्रसाद खतिवडा :नुवाकोट
चन्द्रपाणि खनाल :कपिलवस्तु
प्रमोदकुमार यादव :रुपन्देही क्षेत्र
तिलबहादुर महत क्षेत्री :नवलपरासी सुस्ता पूर्व
सुरेशकुमार राई :उदयपुर
रविन्द्राज शर्मा :दैलेख
यज्ञ बोगटी :अछाम
भैरव सिंह :बझाङ
गंगाबहादुर तामाङ :काभ्रे
देवेन्द्र पौडेल :बागलुङ
चक्रपाणि खनाल :कपिलवस्तु
धनश्याम भुसाल :रुपन्देही क्षेत्र
सूर्य पाठक :बाग्लुङ
जगतबहादुर विश्वकर्मा :कास्की
भूपेन्द्रबहादुर थापा :म्याग्दी
कृष्ण प्रसाद श्रेष्ठ :तनहुँ
मेटमणि चौधरी :दाङ
केदार सिग्देल :तनहुँ
डा सूर्यनारायण यादव :सप्तरी
गजेन्द्र बहादुर महत :जुम्ला
पदम गिरी :पर्वत
प्रेम प्रसाद तुलाचन :मुस्ताङ
हरि अधिकारी :गोरखा
भूमि त्रिपाठी :धादिङ
खेम लोहनी :धादिङ
बिमल श्रीवास्तव :पर्सा
हेमकुमार राई :सोलुखुम्बु
दीपकप्रकाश भट्ट :कञ्चनपुर
रेशमलाल चौधरी :कैलाली
राजेन्द्र गौतम :संखुवासभा
दुर्गा बहादुर रावत :कालिकोट
देवप्रसाद तिमिलसेना :रौतहट
उमाशंकर अरगरिया :धनुषा
सुरेन्द्रकुमार यादव :महोत्तरी
रामबाबु कुमार यादव :बारा
हरिनारायण रौनियार :पर्सा
प्रदीप यादव :पर्सा
एकवाल मियाँ :बारा
प्रमोद साह :सर्लाही
लीलानाथ :श्रेष्ठ
रामसहाय प्रसाद :यादव
र मतगणना भइरहेका ५ क्षेत्रमा पनि नयाँ ५ उम्मेदवारले अग्रता लिइरहेका छन्। उनीहरुले जितेमा यो संख्या थप हुनेछ।