PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङले दियो नेपाललाई ८३ रनको लक्ष्य



पहिलोपोस्ट

यू-१६ इस्टर्न रिजन क्रिकेट : हङकङले दियो नेपाललाई ८३ रनको लक्ष्य

काठमाडौं : एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको दोस्रो खेलमा हङकङले नेपाललाई ८३ रनको सामान्य लक्ष्य दिएको छ।

टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको हो।

नेपाली बलरहरुको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको हङकङका लागि आयन शरद सेट्टीले सर्वाधिक २४ रन बनाए। यस्तै कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा नेपालका प्रतिस जिसीले ३, अजय कुमार लोनियाले २ तथा नारायण जोशी र निखिल कुमार सिंहले १-१ विकेट लिए। नेपाली बलरले कूल १० ओभर मेडल फालेका थिए।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell