
इजिप्टः इजिप्टमा पहिलो आणविक भट्टी निर्माण गर्ने बिषयमा रसिया र इजिप्टबीच औपचारिक सम्झौता भएको छ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको काएरो भ्रमणमा भएको सम्भौता अनुसार भूमध्यसागरीय सामुद्रिक तटमा रहेको इजिप्टको दाबा क्षेत्रमा आणविक भट्टीको निर्माण गर्ने सहमति भएको हो।
सम्झौता रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र इजिप्टका राष्ट्रपति अव्देल फताह अल–सिसीको उपस्थितिमा भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो।
सन् २०१५ को फेब्रुअरीमा चार ‘रिएक्टर’को आणविक भट्टी केन्द्र स्थापनाका लागि प्रारम्भिक सम्झौता भएको थियो। सम्झौता अनुसार सन् २०२२ सम्म उक्त आणविक भट्टीको निर्माण पूरा गरिने छ । रासस/एएफ्पी